आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

हिमाल प्रेस १९ मंसिर २०८० १६:५८
आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सम्झौता

काठमाडौँ– नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेइकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ।

बतास एमएडब्लू प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका मार्केटिङ प्रमुख रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमासम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइसर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्नेछन्। जसमा ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ। बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुनेछ। आइसरले प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित: १९ मंसिर २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =