काठमाडौँमा स्टिल्केसको नयाँ शोरुम

हिमाल प्रेस १९ मंसिर २०८० १६:०८
10
SHARES
काठमाडौँमा स्टिल्केसको नयाँ शोरुम

काठमाडौँ– कार्यक्षेत्रको डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले काठमाडौँको माइतीघरमा नयाँ शोरुम सुरु गरेको छ। एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरूको नेपालभर बहुस्तरीय शोरुमहरुमा प्रदर्शन गरिएको छ।

नयाँ शोरुमले स्थानीय तथा अन्तर्राष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापी रूपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरको पहुँच पुर्‍याएको छ।

नयाँ शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सन राखिएको छ। प्रसिद्ध चेयर– थिंक, जेस्चर र पर्सनालिटी प्लस शोरुमका मुख्य आकर्षण हुन्।

सन् १९१२ मा स्थापित स्टिलकेस कम्पनीले विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी मानिन्छ। ३५ भन्दा बढी रचनात्मक र प्राविधिक साझेदारहरुसँगको सहकार्यमा कम्पनीले कार्यालयको लागि उत्कृष्ट फर्निसिङको डिजाइन तथा उत्पादन गर्छ।

प्रकाशित: १९ मंसिर २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =