दराज ११.११ सेलमा करोडौँको छुट, साना तथा मध्यम व्यवसाय लाभान्वित

हिमाल प्रेस १८ मंसिर २०८० १७:०८
दराज ११.११ सेलमा करोडौँको छुट, साना तथा मध्यम व्यवसाय लाभान्वित

काठमाडौँ– कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा सयौँ ग्राहकले करोडौँको छुट पाएका छन्। यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकले दराजबाट सामान खरिद गरेको कम्पनीको दाबी छ। यो तथ्याङ्कले नेपालीहरूको डिजिटल प्लेटफर्मप्रति बढ्दो विश्वास र ईकमर्स मोह देखाउँछ।

विक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले विभिन्न ब्राण्ड तथा क्रेतालाई प्रशिक्षण प्रदान गरेर सफलतापूर्वक १९ हजार विक्रेताको सञ्जाल निर्माण गर्न दराज सफल भएको छ। सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारी खटिएका थिए। दराजले सेलमा काठमाडौँदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबै भन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरेको थियो।

११.११ सेलमा तेल, घिउजस्ता रासनका सामान अत्याधिक बिक्री गरेको छ। दराजले राजधानी बाहिरका विक्रेताहरुलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानबाट सेवा प्रवाह गर्ने गरेको छ। जसले गर्दा सेलको अवधिमा काठमाडौँ उपत्यका बाहिरका खरिदकर्ताहरूको संख्यामा ६०० प्रतिशतको भारी वृद्धि देखिएको छ।

सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० अर्डर प्रप्त गर्न सफल भएको थियो। साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्री ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो। ११.११ सेलको सफल्ता बारेमा चर्चा गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले चुनौतीपूर्ण समयमा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराएको बताइन्। ‘हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११.११ सेलले यो सफल्ता प्राप्त गर्न सफल भएको छ।’

प्रकाशित: १८ मंसिर २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =