एनआईसी एशिया बैंकमा सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

हिमाल प्रेस १८ मंसिर २०८० १६:०७
एनआईसी एशिया बैंकमा सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

काठमाडौँ– एनआईसी एशिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ। यो सहुलियत पश्चात यसभन्दा अगाडि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा पनि ३ प्रतिशत प्रिमियम कायम भएको छ। जसअनुसार बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जालगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ। आर्थिक गतिविधि संकुचन भइरहेको समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गइ कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित: १८ मंसिर २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =