काठमाडौँ– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई कोशी टप्पु भ्रमण गराएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ६०० जनाभन्दा बढी अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहेको बताए। अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राख्ने जनाएका छन्।



