मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

हिमाल प्रेस १६ मंसिर २०८० ८:०६
6
SHARES
मोटरसाइकल दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

काठमाडौँ- अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

शुक्रबार राति ८ बजे बा ७३प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ।

सूर्य विनायक चोकदेखि १५ मिटर पर मोटरसाइकल घिर्सिएको छ । उपचारका लागि घाइतेलाई भक्तपुर अस्पताल पठाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको डिएसपी वसन्त पाठकले बताए। मोटरसाइकल प्रहरीले नियन्णत्रणमा लिएको छ।

प्रकाशित: १६ मंसिर २०८० ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fourteen =