घरको डाक्टरको निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श

हिमाल प्रेस १५ मंसिर २०८० १६:१५
घरको डाक्टरको निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श

काठमाडौँ– घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न पाँच वर्षदेखि समर्पित स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ।

आफ्ना ३ शाखामार्फत पाँच वर्षदेखि घर र घरकै समस्याहरूको पहिचान र समस्या समाधान गर्दै आइरहेको स्किल सेवाले घर निर्माणसँग सम्बन्धित जग्गा छनोट, नक्सा स्वीकृति, सामग्री छनोट, निर्माण सामग्रीको गुणस्तर, आवश्यक कागजातहरू र प्रक्रियाहरूबारे महत्त्वपूर्ण सुझाव प्रदान गर्न निःशुल्क परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रम हरेक शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म कम्पनीको प्रमुख कार्यालयमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश तिमिल्सिनाले जानकारी दिए। स्किल सेवाले पोखरा, चितवन र बुटवलजस्ता ठूला सहरमा व्यापक उपस्थितिको साथ सुरक्षित, दिगो र समस्यारहित घरहरू निर्माण गर्न जनतालाई विशेष सल्लाह प्रदान गर्ने लक्ष्य राखेको छ।

असुरक्षा, खेर जाने सक्ने लगानी र पुनः बिक्रीमा आउने कठिनाइहरू लगायतका सम्भावित जोखिमहरूलाई हाइलाइट गर्दै तिमिल्सिनाले घर निर्माणको परियोजनामा लाग्नुअघि प्राविधिकसँग परामर्श गर्नु पर्नेमा जोड दिए।

उनले भने, ‘सम्भावित र वर्तमान घरधनीहरूलाई कार्यक्रमको फाइदा लिन आग्रह गर्दै भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौँ साथसाथै प्रक्रियागत त्रुटीसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ। यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ।’

प्रकाशित: १५ मंसिर २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =