काठमाडौँ– एशियन पेन्टस् नेपालले भूकम्प प्रभावितको सहयोगको लागि ५० लाख सहयोग गरेको छ। उक्त रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँको चेक जम्मा गरेको हो। उक्त चेक एशियन पेन्टस् नेपाल प्रालिका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।
गत कार्तिक १७ मा जाजरकोट केन्द्र भएर ५.७ म्याग्निच्युडकोे भूकम्प गएको थियो। जसले जाजरकोट र रुकुमका १५३ व्यक्तिले ज्यान गुमाएका थिए।
प्रकाशित: १५ मंसिर २०८० १५:४७
प्रतिक्रिया