२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

हिमाल प्रेस २६ मंसिर २०८० ९:०१ | Tuesday, December 12, 2023
२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बारा- बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन शिशुलाई जन्म दिएकी छन्।

वीरगन्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन्।

उनले भनिन्,‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन्। शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य छ।’

मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगन्ज लगिएको बताए। रासस

प्रकाशित: २६ मंसिर २०८० ९:०१ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast