१९५ शिक्षक-विद्यार्थीलाई पोशाक

हिमाल प्रेस ३ पुष २०८० ९:१९ | Tuesday, December 19, 2023
१९५ शिक्षक-विद्यार्थीलाई पोशाक

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन्।

विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले दुई लाख रुपैयाँ बराबरका पोशाक उपलब्ध गराएका थिए।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका थिए। विद्यालयका सल्लाहकारसमेत रहेका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए।

कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ। वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानाध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए।

प्रावि स्थायी दरबन्दी रहेको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने जिल्लामै एकमात्र दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालनमा रहेको छ।

प्रकाशित: ३ पुष २०८० ९:१९ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast