१६१ कम्पनीको मूल्य बढ्यो, ७ अर्बको सेयर कारोबार

हिमाल प्रेस ४ पुष २०८० १५:२२ | Wednesday, December 20, 2023
१६१ कम्पनीको मूल्य बढ्यो, ७ अर्बको सेयर कारोबार

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक (नेप्से)मा कारोबार भएकामध्ये १६१ कम्पनीको मूल्य बढेको छ। ७८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो।

आज १ करोड ९९ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोल्टी होटल लिमिटेडको २४ करोड ५३ लाख र सोना मिनिरल्स एण्ड ओयल कम्पनीको २० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ। बिहीबार ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आज नेप्से परिसूचक २१४१.८७ बिन्दुमा उक्लिएको छ। परिसूचक भने १.६८ प्रतिशतले बढेको छ।

प्रकाशित: ४ पुष २०८० १५:२२ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast