काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
कार्यालयका अनुसार १४ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो।
विभिन्न सार्वजनिक निकायबाट लेखिएअनुसार बिहीबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको हो।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी वा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले शुक्रबार स्पष्ट गरेको छ ।

                            प्रकाशित: १५ मंसिर  २०८० ८:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             

