हेटौँडामा आइसरको रिसेल मेला

हिमाल प्रेस ९ पुष २०८० ११:५८ | Monday, December 25, 2023
हेटौँडामा आइसरको रिसेल मेला

काठमाडौँ– नेपालका लागि आइसर कमर्सियल भेइकलको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेइकल प्रालिले हेटौँडामा रिसेल मेलाको आयोजना गरेको छ।

नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौँडा उपमहानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एमएडब्लू प्रालिका रिसेल प्रमुख परीक्षण धिमालले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा श्रेष्ठले आइसर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माइलेज विशेष र पावर उत्कृष्ट रहेको जानकारी दिए। यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भइ आत्मानिर्भर हुने जानकारी दिए। साथै चालकलाई लक्षित गरि २५ लाखको आकस्मिक बिमाले थप ऊर्जा दिनेसमेत बताए। मेला पुष १० गतेसम्म चल्नेछ।

प्रकाशित: ९ पुष २०८० ११:५८ | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast