हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु

हिमाल प्रेस १० पुष २०८० १२:१७ | Tuesday, December 26, 2023
हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु सांकेतिक तस्बिर।

काभ्रे- काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ।

चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान अबेरसम्म सुतेका बुबा आमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा बुबा आमालाई बेहोस अवस्थामा फेला पारेपछि उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो।

उपचारका क्रममा लामाको बिहान ९स्२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। लामा दम्पतीले हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरी सुतेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० पुष २०८० १२:१७ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast