सोनामका उत्पादनमा ७० प्रतिशत छुट

हिमाल प्रेस ९ पुष २०८० १४:०० | Monday, December 25, 2023
सोनामका उत्पादनमा ७० प्रतिशत छुट

काठमाडौँ– नेपाली ब्रान्ड सोनामले विन्टर सेल आयोजना गरेको छ। मंसिर २८ देखि सुरू भएको योजना पुस १५ गतेसम्म चल्नेछ। यस अवधिमा व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीमा ग्राहकले ७० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यसअन्तर्गत महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।

ठमेलको क्वाबहाल, छाया सेन्टर, जावलाखेल, कुमारीपाटी, सिटी सेन्टर, टुसाल, केएल टावर, सिभिल मल, बिजी मल, जडिबुटी चोकमा यो छुट योजना चलिरहेको छ।

त्यस्तै उपत्यका बाहिर चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि छुट योजना चलिरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ पुष २०८० १४:०० | Monday, December 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast