सुरेश र मनुकाे स्वरमा ‘एउटै बर्को पिरतीको’

हिमाल प्रेस ४ पुष २०८० १७:३१ | Wednesday, December 20, 2023
सुरेश र मनुकाे स्वरमा ‘एउटै बर्को पिरतीको’

काठमाडौँ-  सुरेश लामा र मनु दाहालको स्वरमा ‘एउटै बर्को पिरतीको’ बोलको गीत सार्वजनिक भएको छ। गीत गायिका मनु दाहालको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हाे।

किरण के उप्रेतीको शब्द रहेको गीतमा नविन कार्कीले संगीत भरेका छन्। विशाल निरौलाकाे संगीत संयोजन रहेकाे प्रेमिल गीतको भिडियोमा कलाकार आकाश श्रेष्ठ र करुणा श्रेष्ठ अभिनीत छन्।

मनोज राजभण्डारीले निर्देशन गरेको गीतकाे भिडियाे रामेश्वर हुमागाईंले छायांकन र मित्र डी गुरुङकाे  सम्पादनमा बनेकाे छ।

प्रकाशित: ४ पुष २०८० १७:३१ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast