सुपरन्यादी जलविद्युत्‌काे काम ६० प्रतिशत सम्पन्न

हिमाल प्रेस १ पुष २०८० १३:२२ | Sunday, December 17, 2023
सुपरन्यादी जलविद्युत्‌काे काम ६० प्रतिशत सम्पन्न तनहुँ जलविद्युत

लमजुङ– लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको ६० प्रतिशत काम सकिएको छ। यो आयोजना सिउरी न्यादी हाइड्रोपावर कम्पनीले मस्र्याङ्दी गाउँपालिका वडा नं. ६ ङादीखोलामा निर्माण गरिरहेको छ।

आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग बनेको छ। भूमिगत पावर हाउस खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित ५०० मिटर खन्नेजस्ता काम सम्पन्न भइसकेको छ। त्यस्तै ड्याम साइडसम्मको २२ किलोमिटर सडक निर्माणलगायत काम पनि सम्पन्न भइसकेको छ।

अहिले आयोजनाको ९ वटा ठाउँबाट काम भइरहेको छ। आयोजनामा हाल ५०० कामदारले काम गरिरहेका छन्। हेलिकोप्टरमार्फत् सामान पु¥याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने गरिएको थियो। आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने छ।

आयोजनामा एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड ऋण लगानी गरेका छन्। प्रवद्र्धकको स्वपूँजी एक अर्ब ७५ करोड रहेको छ। करिब सात अर्बको लागतमा निर्माणको काम पूरा गरिने आयोजनाको लक्ष्य छ।

आयोजनाबाट उत्पादन हुने बिजुलीलाई विद्युत् गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ। सबस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ। यस आयोजनाका अनुसार वर्षातको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामको ६ महिनामा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्रीको सम्झौता भएको छ।

प्रकाशित: १ पुष २०८० १३:२२ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast