सिटी एक्सप्रेस योजनाको मेगा बम्पर उपहार विजेताको नाम घोषणा

हिमाल प्रेस २ पुष २०८० १८:०० | Monday, December 18, 2023
सिटी एक्सप्रेस योजनाको मेगा बम्पर उपहार विजेताको नाम घोषणा

काठमाडौँ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १० गुणा बढी पाऔँ’ योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएकोभन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ।

सिटी एक्सप्रेसका ब्राण्ड एम्ब्यासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङ विजेता बने। उनले आफूले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा गरेर ५ लाख ३० हजार ७५० रुपैयाँ जित्न सफल भएका छन्।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गते सम्म यो उपहार योजना चलाएको थियो।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनाले १ लाख, हरेक हप्ता ५ जनाले २५ हजार र ६१ दिन लगातार हरेक दिन १०० जना विजेतालाई जनही ५०० को वालेट टपअप दिइएको थियो। अन्त्यमा एक जना बम्पर विजेता घोषणा भएका हुन्।

प्रकाशित: २ पुष २०८० १८:०० | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast