सांस्कृतिक परम्पराको संरक्षण गरौँ : प्रधानमन्त्री

हिमाल प्रेस १० पुष २०८० ७:२७ | Tuesday, December 26, 2023
सांस्कृतिक परम्पराको संरक्षण गरौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन्।

२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधि, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्व नेपाली समाजका पुँजी रहेको भन्दै उनले नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

उनले संविधानले विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र साँस्कृतिक सम्पदाको संरक्षणको अधिकार प्रदान गरेको बताएका छन्। उनले विविधता भएर पनि एकता र सहिष्णुता नेपालीको विशेषता भएको तर्क गरेका छन्। ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो’, उनको सन्देशमा उल्लेख छ।

प्रकाशित: १० पुष २०८० ७:२७ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast