सांग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न

हिमाल प्रेस २५ मंसिर २०८० १६:०२ | Monday, December 11, 2023
सांग्रिला डेभलपमेन्ट बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७ को ५ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार ९२५.५७ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसका साथै साथै आव ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका देशभर ११२ शाखा कार्यालय, ३० एटीएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

प्रकाशित: २५ मंसिर २०८० १६:०२ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast