सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

हिमाल प्रेस ५ पुष २०८० १५:४६ | Thursday, December 21, 2023
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौँ- सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहबीच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो। संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो। राष्ट्रपति कार्यालयले बुधबार नै उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको सूचना जारी गरेको थियो।

न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो। न्यायपरिषद्ले मंसिर ५ गते ६ जना न्यायाधीशको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो।

सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन्। पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्।सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ। सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ।

प्रकाशित: ५ पुष २०८० १५:४६ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast