सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्धको उजुरीमाथि आज सुनुवाइ

हिमाल प्रेस २९ मंसिर २०८० ९:२० | Friday, December 15, 2023
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्धको उजुरीमाथि आज सुनुवाइ संसदीय सुनुवाइ समिति। फाइल तस्बिर।

काठमाडौँ-  सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध १० वटा उजुरी परेका छन्।  प्रस्तावित न्यायाधीश सारंगा सुवेदीविरुद्ध ६ वटा उजुरी परेका छन् भने टेकप्रसाद ढुंगानाविरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमानविरुद्ध एउटा उजुरी परेको छ।

यसअघि गत आइतबार बसेको समिति बैठकमा उजुरीकर्तालाई बोलाएर छलफल गरिएको थियो। आजको बैठकले सुनुवाइ गरी नाम अनुमोदन गर्ने तयारी छ।

न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुंगानालाई सिफारिस गरेको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्चको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको छ।

प्रकाशित: २९ मंसिर २०८० ९:२० | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast