सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशबारे मंसिर २९ गते संसदीय सुनुवाइ

हिमाल प्रेस २४ मंसिर २०८० १६:१८ | Sunday, December 10, 2023
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशबारे मंसिर २९ गते संसदीय सुनुवाइ

काठमाडौँ– सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ। आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँग समितिले छलफल गरेको छ।

उजुरीकर्तालाई समितिमा बोलाएर उनीहरूले प्रस्तावित सर्वोच्चका न्यायाधीशविरुद्ध उजुरी गर्नुको कारण र आधार समितिले मागेको छ। सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ। यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानविरुद्ध १ वटा उजुरी परेको छ।

अन्य प्रस्तावित न्यायाधीशहरू सुनील पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन। सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मङ्सिर २९ गते बस्ने बताएका छन्।

प्रकाशित: २४ मंसिर २०८० १६:१८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast