संसदीय सुनुवाइ समिति। फाइल तस्बिर।
काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ आज हुने भएको छ। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा न्यायाधीशको संसदीय सुनुवाइ हुने भएको हो।
सुनुवाइ समितिकाे बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बस्नेछ।
सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भएको थियो।
प्रकाशित: १ पुष २०८० ६:५१ | Sunday, December 17, 2023
प्रतिक्रिया




