‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै कांग्रेस

हिमाल प्रेस २९ मंसिर २०८० २१:४० | Friday, December 15, 2023
‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै कांग्रेस कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज (शुक्रबार) को बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन नेपालको संविधानबमोजिम कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय भएको छ। निर्वाचन प्रयोजनका लागि संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेलाई जिम्मेवारी प्रदान गरिएको छ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले जानकारी दिए।

प्रकाशित: २९ मंसिर २०८० २१:४० | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast