समाजवादीमा आगामी कार्यदिशा र सांगठनिक स्वरूपबारे केन्द्रीय सदस्यहरूसँग रायसुझाव माग

हिमाल प्रेस ११ पुष २०८० १३:१६ | Wednesday, December 27, 2023
समाजवादीमा आगामी कार्यदिशा र सांगठनिक स्वरूपबारे केन्द्रीय सदस्यहरूसँग रायसुझाव माग

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको आगामी कार्यदिशा र सांगठनिक स्वरूपबारे केन्द्रीय सदस्यहरूसँग रायसुझाव माग गरेको छ।  पार्टी केन्द्रीय कमिटीको बुधबार सुरु भएको बैठकमा नेतृत्वले ११ वटा प्रश्नमार्फत रायसुझाव  मागेको हो। समाजवादीले विधान अधिवेशन केन्द्रित छलफल थालेको छ।

महाधिवशेन प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय संगठन कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो राख्ने र कमिटीको संख्या कस्तो बनाउने सोधिएको छ। यस्तै कमिटीका संरचना कति संख्यामा राख्न, प्रदेश आयोगहरू बनाउने वा नबनाउने र युवा समावेशिता कसरी सुनिश्चितता गर्ने जस्ता प्रश्न पनि केन्द्रीय सदस्यहरूलाई सोधिएको छ।

केन्द्रीय सदस्यहरूले दिएको रायसुझावका आधारमा कार्यदिशा र  सांगठनिक स्वरूप तयार पारिने एक  पदाधिकारीले जानकारी दिए।

 

प्रकाशित: ११ पुष २०८० १३:१६ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast