संघीय संसद्को महासचिवको जिम्मेवारी पाण्डेयलाई

हिमाल प्रेस २७ मंसिर २०८० १३:०१ | Wednesday, December 13, 2023
संघीय संसद्को महासचिवको जिम्मेवारी पाण्डेयलाई

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवको जिम्मेवारी तोकेका छन्।

महासचिव डा.भरतराज गौतमले गएको आइतबारदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८० १३:०१ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast