संघीयता र लोकतन्त्रलाई स्थापित गर्न प्रदेशलाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १२ पुष २०८० १९:३९ | Thursday, December 28, 2023
संघीयता र लोकतन्त्रलाई स्थापित गर्न प्रदेशलाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

पुस- कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले देशमा संघीयता र लोकतन्त्रलाई स्थापित गर्नको निम्ति संविधानको व्यवस्थाअनुसारको अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन्। अन्तरप्रदेशीय सम्मेलनमा सहभागी हुन हेटौँडा जानेक्रममा सप्तरीमा पत्रकारहरूसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन्।

‘देशमा विभिन्न आन्दोलनका बाबजुद प्राप्त अधिकारलाई संस्थागत गर्ने हाम्रो जिम्मेवारी हो’ उनले भने,’अब विकास र समृद्धि ल्याउनको लागि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ।’

उनले संविधानले तोकेका अधिकार दिन पनि केन्द्र सरकारले कन्जुस गरिरहेको आरोप लगाए। ‘हामी प्रदेश सरकारका मुख्यमन्त्रीहरूले आफ्नै अधिकार लिनको लागि बारम्बार संघ सरकारसँग सङ्घर्ष र खबरदारी गर्नुपरेको बिडम्बना छ,’ उनले भने, ‘संघीयता र प्रादेशिक संरचनाप्रति संघ सरकार जिम्मेबार भएन।’

प्रकाशित: १२ पुष २०८० १९:३९ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast