संकल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

हिमाल प्रेस ५ पुष २०८० ७:१३ | Thursday, December 21, 2023
संकल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

काठमाडौँ- नेकपा एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ।

पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरूपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

‘अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ’, उनले भने, ‘जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ।’

यसैगरी बैठकमा एनसेल शेयर बिक्री प्रकरण र भारतको संसद्मा रहेका सांसदमाथि गरिएको निलम्बनबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए।

उनले यही पुस ८ गते दिउँसो १ बजे ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’को बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए।

प्रकाशित: ५ पुष २०८० ७:१३ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast