शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

हिमाल प्रेस २५ मंसिर २०८० १६:०८ | Monday, December 11, 2023
शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

काठमाडौँ– ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ।

‘मधेश प्रदेशस्तरमा गरिएको उक्त कार्यक्रममा १५० वटाभन्दा बढी आवेदन परेको थियो। जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनोट गरिएको छ। छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाउन लगाइएको थियो। उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनोट गरिने छ। जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ।

तेस्रो चरणको प्रतियोगिता पुस २ गतेदेखि ७ गते सम्म चल्नेछ। यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, दृतीय हुनेलाइ ५० हजार, तृतीय हुनेलाइ २५ हजार र बाँकी १२ जनालाइ ५–५ हजार नगद प्रदान गरिने छ।

उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीकी सुनैना ठाकुर थिए। कम्पनीले यो कार्यक्रम आफनो समाजिक उतरदायित्वअन्तर्गत गरेको हो।

प्रकाशित: २५ मंसिर २०८० १६:०८ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast