शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्रै सम्भव छैन : उपसभामुख

हिमाल प्रेस ३ पुष २०८० १८:५१ | Tuesday, December 19, 2023
शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्रै सम्भव छैन : उपसभामुख फाइल तस्बिर।

झापा- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज (मंगलबार) दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उनले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताएकी हुन्।

सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै उपसभामुख मगरले भनिन्, ‘सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन। यसमा सबै पक्ष गम्भीर हुनुपर्छ।’

देशको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखीय रहेको उनको भनाइ थियो।

प्रकाशित: ३ पुष २०८० १८:५१ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast