लागूऔषध कारोबारी पक्राउ गर्न ललितपुरमा प्रहरीले चलायो गोली

हिमाल प्रेस २६ मंसिर २०८० १३:४० | Tuesday, December 12, 2023
लागूऔषध कारोबारी पक्राउ गर्न ललितपुरमा प्रहरीले चलायो गोली सांकेतिक तस्बिर

काठमाडौँ– ललितपुर प्रहरीले लागू‍औषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। लागूऔषध कारोबारीलाई पक्राउ गर्ने गएको प्रहरीमाथि नै ललितपुरस्थित झम्सिखेलमा आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो।

गोली प्रहारबाट अविनाश राई घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार गोली प्रहारबाट राईको दाहिने खुट्टामा गोली लागेको छ। राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। उनको साथबाट कटुवा पेस्तोल र लागूऔषध पनि प्रहरीले बरामद गरेको छ।

प्रकाशित: २६ मंसिर २०८० १३:४० | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast