ललितपुर महानगर १०५ औँ वर्षमा, नागरिकको स्वास्थ्य बिमा अभियान सञ्चालन

हिमाल प्रेस २ पुष २०८० ९:५८ | Monday, December 18, 2023
ललितपुर महानगर १०५ औँ वर्षमा, नागरिकको स्वास्थ्य बिमा अभियान सञ्चालन

ललितपुर- ललितपुर महानगरपालिका १०५ औँ वर्षमा प्रवेश गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुरको पुलचोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ। ललितपुर देशको सबैभन्दा पुरानो नगर हो।

ललितपुर नेपालको सबैभन्दा पुरानो र काठमाडौँ उपत्यकाको प्राचीन तथा महत्त्वपूर्ण तीन नगरमध्ये एक नगर हो। नगर सफाइ तथा अन्य कार्य गर्न १९७५ पुस २ गते जारी भएको ‘पाटन सवाल’ बाट ‘छेमडोल अड्डा’ का नामबाट सञ्चालन भएको थियो।

महानगरपालिकाले सोही दिनको सम्झनामा स्थापना दिवस मनाउँदै आएको छ। २००९ सालमा ललितपुर नगरपालिका, २०१८ सालमा ललितपुर नगर पञ्चायत, २०४७ सालमा पुनः ललितपुर नगरपालिका र २०५२ सालमा ललिपुर उपमहानगरपालिकाका रूपमा थियो।

२०७३ साल चैत १० गतेदेखि महानगरपालिकाका रूपमा आफ्ना सेवाहरु विस्तार गरी कार्य सम्पादन गर्दै आएको छ। महानगरपालिकाले आजदेखि नागरिकहरूको स्वास्थ्य बिमा अभियान सञ्चालन गर्न लागेको जानकारी महानगर प्रमुख चिरीबाबु महर्जनले दिए।

प्रकाशित: २ पुष २०८० ९:५८ | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast