लगानी नखोसिने शिक्षामा लगानी गरौँ : अर्थमन्त्री

हिमाल प्रेस १ पुष २०८० १९:०७ | Sunday, December 17, 2023
लगानी नखोसिने शिक्षामा लगानी गरौँ : अर्थमन्त्री

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन्। नुवाकोटकाे शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयकाे ५०औँ वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले अरू क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुन, बाढी पहिरोले बगाउन सक्ने भए पनि शिक्षाको लगानी कसैले खोस्न नसक्ने बताएका हुन्।

‘शिक्षाको मन्दिरको प्रांगणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्‍यो, शिक्षक साथीहरूलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्‍यो, हुने खाने पनि काठमाडौँतिरै बसाइ सरे। शिक्षामा कसैले वास्ता गरेन, जसले गर्दा नुवाकोट धेरै पछाडि पर्‍यो।’

उनले काठमाडौँसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्न  थाल्ने बताए।

प्रकाशित: १ पुष २०८० १९:०७ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast