रूपन्देहीमा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु

हिमाल प्रेस ५ पुष २०८० १३:५७ | Thursday, December 21, 2023
रूपन्देहीमा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा सुरु

लुम्बिनी- रूपन्देहीको तिलोत्तमामा पाँचौँ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ।

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा सुरु भएको जात्राको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले उद्घाटन गरेका हुन्।

स्टेक प्रतियोगिताको शुभारम्भ गर्दै उपाध्यक्ष डा लामाले खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारात्मक भूमिका खेल्ने बताए। उनले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि सुरुवात भएकोमा खुशी व्यक्त गर्दै साहसिक यो खेलमा सहभागी खेलाडीलाई प्रोत्साहन गरे।

उनले बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुदा यस्ता खेलकुद कार्यक्रम आयोजना गर्नु पर्ने धारणा राखे। उपाध्यक्ष डा लामाले खेलाडीहरुलाई लुम्बिनी दर्शनको निम्ति आग्रह समेत गरेका छन्। कार्यक्रममा उपाध्यक्ष डा लामाले स्केट खेलाडीहरुको रोचक फोटोहरु प्रदर्सनको अवलोकन समेत गरे।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए। उनले खेलकुदको दायारा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको बताए।

त्यसैगरी कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपलिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागि परेको बताए। उनले आफूहरूले स्केट खेलको विकासका लागि स्केट एड नेपालसँग सहकार्य गरेर स्केटपार्क निर्माण गरेको बताउँदै आगामि दिनमा थप सहकार्य हुने बताए।

कार्यक्रममा नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ अध्यक्ष अच्युत खनालले यो जात्राले स्केट खेलमा नयाँ आयाम थप्ने बताए। उनले स्केट खेलको विकास नेपालमा पनि सुरुवात भएको बताउँदै आगामी दिनमा सात वटै प्रदेशमा पुर्‍याइने बताए।

प्रतियोगितामा दक्षिण एसियाका नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड बाट नौ टोलीको सहभागिता रहेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए।

बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन छनोट चरणका खेल हुनेछन्। छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधी होडमा प्रवेश गर्नेछन्। प्रतियोगितामा पुरुषरमहिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ भने दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने आयोजकले जनाएका छन्।

पुरुष–महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ। दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता रुपन्देहीको तिलोत्तमा ४ स्थित स्केट पार्कमा भइरहेको छ।

प्रकाशित: ५ पुष २०८० १३:५७ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast