 
                             
                                            काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको भर्ना भइरहेको विषयमा छानबिन गर्न उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय अध्ययन समिति बनाएको छ।
अध्ययन समितिमा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम सदस्य रहेका छन्।
समितिले १५ दिनभित्र आफनो प्रतिवेदन श्रम मन्त्रालयमा बुझाउने छ।
रुसी सेनामा नेपाली पठाउने शैक्षिक कन्सल्ट्यान्सी, ट्राभल एजेन्सी, सम्भावित एजेन्टको पहिचान गर्ने र भिजिट भिसामार्फत रसिया गइरहेको बारेमा पनि छानबिन र अध्ययन गर्ने जिम्मेवारी श्रम मन्त्रालयले दिएको छ।
                            प्रकाशित: १५ मंसिर  २०८० ११:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 