रियलमीको सी ५३ नयाँ भेरिएन्टमा

हिमाल प्रेस २४ मंसिर २०८० १३:४६ | Sunday, December 10, 2023
रियलमीको सी ५३ नयाँ भेरिएन्टमा

काठमाडौँ– स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५३, ६+१२८ जीबी भेरिएन्ट बजारमा उपलब्ध भएको छ। ग्राहकहरूलाई नयाँनयाँ प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धता अनुरुप सी ५३ को ६+१२८ जीबी भेरिएन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

उत्कृष्ट क्यामरा, स्लीक डिजाइन र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय ४÷१२८ जीबी भेरियन्टको रियलमी सी ५३ को सफलताको आधारमा नयाँ ६÷१२८ जीबी भेरियन्टले उपभोक्ताहरूका लागि अझ बढी इमर्सिभ अनुभव दिने विश्वास कम्पनीले लिएको छ।

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकलाई फोटोग्राफीको प्रशस्तै डाइमेन्सन एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ। यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर सट प्रदान गर्दछ। यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सी ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ। १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन।

रियलमी सी ५३ मा १२ जीबीसम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ। १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्दछ। अक्टाकोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ।

६+१२८ जीबी भेरिएन्टको रियलमी सी ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा १८ हजार ९९९ रुपैयाँमा उपलब्ध छ।

प्रकाशित: २४ मंसिर २०८० १३:४६ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast