राष्ट्रियसभा निर्वाचन : यी हुन् सातै प्रदेशका निर्वाचन अधिकृत [नामसहित]

हिमाल प्रेस १२ पुष २०८० १३:२२ | Thursday, December 28, 2023
राष्ट्रियसभा निर्वाचन : यी हुन् सातै प्रदेशका निर्वाचन अधिकृत [नामसहित] निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन आयुक्त नियुक्त गरेको छ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको हो।

कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि जिल्ला अदालत दाङका न्यायाधीश कृपाशुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

 

प्रकाशित: १२ पुष २०८० १३:२२ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast