राष्ट्रियसभा निर्वाचन : दल दर्ताका लागि १२ दलले दिए निवेदन

हिमाल प्रेस २९ मंसिर २०८० १७:४५ | Friday, December 15, 2023
राष्ट्रियसभा निर्वाचन : दल दर्ताका लागि १२ दलले दिए निवेदन निर्वाचन आयोग

काठमाडौँ- आसन्न राष्ट्रियसभा निर्वाचनका लागि १२ राजनीतिक दलले दर्ता निवेदन दिएका छन्। माघ ११ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा)ले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि दल दर्ताका लागि निवेदन दिएका छन्।

आयोगले दल दर्ताका लागि मंसिर २४ गतेदेखि शुक्रबारसम्मको समय तोकेको थियो। माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ। फागुन २० गतेबाट २० पद रिक्त हुनेछ भने एकजना राष्ट्रपतिद्वारा मनोनीत हुनेछन्। सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार माघमा निर्वाचन हुन लागेको हो।

राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादी २, जसपाका १ र स्वतन्त्र २ जनाको कार्यकाल आगामी फागुन २० गते सकिदैछ ।

प्रकाशित: २९ मंसिर २०८० १७:४५ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast