राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट भूपेन्द्रजंग शाहीसहित कांग्रेसका उम्मेदवार सिफारिस

हिमाल प्रेस १० पुष २०८० १५:४८ | Tuesday, December 26, 2023
राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट भूपेन्द्रजंग शाहीसहित कांग्रेसका उम्मेदवार सिफारिस भूपेन्द्रजंग शाही

काठमाडौँ- माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेसबाट संभावित उम्मेदवारको नाम सिफारिस भएको छ। कर्णाली प्रदेशमा रिक्त हुने तीनवटा सिट (खुला, महिला, दलित) का लागि कांग्रेस प्रदेश समितिले युवा नेता भूपेन्द्रजंग शाहीसहित ८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको हो।

प्रदेश समितिको मंगलबार बसेको बैठकले भूपेन्द्रजंग शाही, सनत कार्की, गोपालजीजंग शाह, मानबहादुर नेपाली, रवीन्द्र श्रेष्ठ, लाल हमाल, रामछाया शाही र खगीसरा आचार्यको नाम सिफारिस भएको हो।

आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुँदैछ। राष्ट्रियसभामा रिक्त हुने पदका लागि एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। एक पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

प्रकाशित: १० पुष २०८० १५:४८ | Tuesday, December 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast