राष्ट्रपति पौडेललाई मुख्यमन्त्री कार्कीको आग्रह : जनताको रगतले लेखिएको संविधान कार्यान्वयन होस्

हिमाल प्रेस ७ पुष २०८० २१:०७ | Saturday, December 23, 2023
राष्ट्रपति पौडेललाई मुख्यमन्त्री कार्कीको आग्रह : जनताको रगतले लेखिएको संविधान कार्यान्वयन होस्

विराटनगर- कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखिदिन आग्रह गरेका छन्।

नेपाल उद्योग परिसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद् र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताएका हुन्।

उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृत्तिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन्। उनले उद्योगी व्यवसायी छुट्टै नभई राज्यको अंग भएको स्वीकारेर त्यहीअनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताएका हुन्।

‘उद्योग, व्यवसाय क्षेत्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ’, उनले भने, ‘नेपाली जनताको आवश्यकता र अपरिहार्य राष्ट्रपतिज्यूले बुझ्नुभएको छ। त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनुहोस्।’

प्रकाशित: ७ पुष २०८० २१:०७ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast