रामचन्द्र पौडेल विराटनगर जाँदै

हिमाल प्रेस ७ पुष २०८० ७:५८ | Saturday, December 23, 2023
रामचन्द्र पौडेल विराटनगर जाँदै राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल शनिबार विराटनगर जाने भएका छन्।

राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्ने छन् ।

उनले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन्।

राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ७ पुष २०८० ७:५८ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast