राप्रपा नेपालले गर्‍यो पर्यटनमन्त्री किरातीको पुत्ला दहन

हिमाल प्रेस ५ पुष २०८० २१:०२ | Thursday, December 21, 2023
राप्रपा नेपालले गर्‍यो पर्यटनमन्त्री किरातीको पुत्ला दहन

काठमाडौँ- राप्रपा नेपालका जनवर्गीय संगठनहरूले आज (बिहीबार) साँझ काठमाडौँको चावहिलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेका छन्।

ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वासमाथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन्।

उनीहरूले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने पनि माग गरेका छन्। राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरूको भनाइ छ। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले किरातीले राजीनामा नदिए आन्दोलनले चर्को रूप लिने चेतावनी दिएका छन्।

मन्त्री किरातीले धर्मको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रकाशित: ५ पुष २०८० २१:०२ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast