यू-१९ एसिया कप : आज नेपालले भारतसँग खेल्दै

हिमाल प्रेस २६ मंसिर २०८० ७:४३ | Tuesday, December 12, 2023
यू-१९ एसिया कप : आज नेपालले भारतसँग खेल्दै

काठमाडौँ- यू-१९ एसिया कपमा आज नेपालले भारतसँग खेल्दैछ।

खेल यूएईको आईसीसी एकेडेमी ओभल-२ मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुँदैछ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्नका लागि नेपालले आज भारतमाथि फराकिलो जित निकाल्न आवश्यक छ।

भारतलाई पनि यो खेल जित्नै पर्ने दबाब छ। यसअघिका खेलमा नेपाल लगातार दुईपटक पराजित भएको थियो।

८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बंगलादेश, यूएई र जापान समूह ‘बी’मा छन्।

प्रकाशित: २६ मंसिर २०८० ७:४३ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast