यस्तो बन्यो ‘हात्तीछाप’को टिजर

हिमाल प्रेस १८ मंसिर २०८० १२:३५ | Monday, December 4, 2023
यस्तो बन्यो ‘हात्तीछाप’को टिजर

काठमाडौँ– फिल्म ‘हात्तीछाप’को टिजरको सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो।

दुई मिनेट २९ सेकेन्डको टिजरमा फिल्मका कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाललाई देख्न सकिन्छ।

सौगात राजाको भूमिकामा देखिएका छन्। विजयको भौतिक तथा यातायात मन्त्री भएका छन्। भने फिल्ममा दयाहाङ र उपासनाको प्रेम देख्न सकिन्छ। फिल्ममा सामाजिक र राजनीतिक कथावस्तुलाई प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

माघ २६ मा प्रदर्शन हुने  फिल्ममा अन्य कलाकार बेनिशा हमाल, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रियर राईलगायत छन्।

सिमोस सुनुवार निर्देशित फिल्ममा प्रदीप भारद्वाजको पटकथा छ। सुशन प्रजापतिले छायांकन गरेको फिल्म निमेश श्रेष्ठको सम्पादन, राम्जी लामिछानेको कोरियोग्राफी, हर्क साउदको शब्द, उज्जल सागर र आशिष महरको संगीत छ।

फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठले संयुक्त लगानी गरेका छन्। रेड बर्ड प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्।

 

प्रकाशित: १८ मंसिर २०८० १२:३५ | Monday, December 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast