यस्तो छ पूजा अभिनीत ‘दान्भी’को टिजर

हिमाल प्रेस २८ मंसिर २०८० १५:०८ | Thursday, December 14, 2023
यस्तो छ पूजा अभिनीत ‘दान्भी’को टिजर

काठमाडौँ– फिल्म ‘दान्भी’ को टिजर सार्वजनिक भएको छ। बिहिबार बुढा सुब्बा डिजिटल युट्यब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

एक मिनेट ३३ सेकेन्डको टिजरमा मेसिनगनसहित लडिरहेकी अभिनेत्री पूजा शर्माको एक्सन अवतार देख्न सकिन्छ।

रुपेश तामाङले निर्देशन गरेको फिल्ममा पूजासहित कलाकार कुन्साङ बोमजोम मुख्य भूमिकामा छन्। फिल्ममा रविना थापा मगरको कथा  र संजोग रानाको पटकथा तथा संवाद छ।

हरि घलेको छायांकन, निर्देशन श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादनमा बनेको फिल्म अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफीमा बनेको छ।

अनुप गडाल र देव मगरले लगानी गरेको फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

 

प्रकाशित: २८ मंसिर २०८० १५:०८ | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast