बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]

हिमाल प्रेस १३ पुष २०८० १३:४२ | Friday, December 29, 2023
बेरोजगार युवाको निसानामा मन्त्रीको गाडी [फोटो फिचर]

काठमाडौँ- ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी गरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले मन्त्री सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। उनीहरू सिप फोल्डिङ (वाइरिङ लगायतका क्षेत्र)मा  लिएको भाषा परीक्षामा अनुत्तीर्ण भएका थिए। उनीहरूले पुन: परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै  शुक्रबार बिहानैदेखि ईपीएसको कार्यालय आसपासमा भेला भएका थिए।

युवाले गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। सो क्रममा एक जना घाइने भएको महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले बताएका छन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

गाडीमा लागेको आगो दमकल र सुरक्षाकर्मीको सहायतामा निभाइएको थियो। घटनापछि ग्वार्को क्षेत्र तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: १३ पुष २०८० १३:४२ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast