म्याग्दीको झीं गाउँमा आयातित मदिरा निषेध

हिमाल प्रेस ६ पुष २०८० १३:०३ | Friday, December 22, 2023
म्याग्दीको झीं गाउँमा आयातित मदिरा निषेध

बेनी- म्याग्दीको रघुगंगा गाउँपालिका-५ झीं गाउँमा आयातित मदिरा निषेध गरिएको छ।

युवा कुलतमा फस्ने र धन गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।

परीक्षणका रूपमा एक वर्ष अघिदेखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन्।

२०७९ साल मंसिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, संघसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाको भेलाले सर्वसम्मत रूपमा आयातित मदिरालाई पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन्।

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगंगा गाउँपालिका-५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए।

‘बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ’, उनले भने।

सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए। रासस

प्रकाशित: ६ पुष २०८० १३:०३ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast