मेलम्चीको पानी माग्नेलाई प्रहरीको लाठी [तस्बिरहरू]

दिपेश श्रेष्ठ २ पुष २०८० १३:१० | Monday, December 18, 2023
मेलम्चीको पानी माग्नेलाई प्रहरीको लाठी [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित मुख्य सडकमा रित्तो गाग्री देखाउँदै सडक प्रदर्शन गरिएको छ। मेलम्ची खानेपानीको माग गर्दै स्थानीयले गाग्री देखाएर प्रदर्शन गरेका हुन्। उनीहरूले तीनकुनेस्थित मुख्य सडकको पुल छेकेर प्रदर्शन गरेका थिए।

मेलम्ची खानेपानी तत्काल आपूर्ति गर्न माग गर्दै रित्तो गाग्री देखाउँदै र सिटी फुकेर विरोध विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो। निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीलाई लाठी प्रहार गरेको थियो। लाठी प्रहारपछि प्रदर्शनकारी तितरबितर भएका थिए।

 

प्रकाशित: २ पुष २०८० १३:१० | Monday, December 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast