मेयर बन्दै खगेन्द्र

हिमाल प्रेस ४ पुष २०८० १५:४० | Wednesday, December 20, 2023
मेयर बन्दै खगेन्द्र

काठमाडौँ- अभिनेता खगेन्द्र लामिछाने मेयर बन्ने भएका छन्। खगेन्द्र दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘मेयर’ मा मेयरको भूमिकामा अनुबन्धित भएका हुन्। बुधबार निर्माण टिम र अभिनेता लामिछानेबीच लिखित सम्झौता भएको हो।

लामिछानेले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्नेछन्। फिल्म मेयर थापाको जीवनमा आधारित हुने जनाइएको छ। यसअघि फिल्ममा कलाकार प्रकाश घिमिरे भित्रिसकेका छन्। फिल्ममा अन्य कलाकार छनौट कार्य भइरहेको निर्माण टिमले जनाएको छ।

फिल्म माघको पहिलो साताबाट सर्लाहीमै छायांकन हुनेछ। फिल्मका निर्माता सागर मैनाली र अरविसा थापा हुन्।

यसअघि निर्देशक खनालले सुशासन र पर्यटन क्षेत्रमा मेयर थापाले गरेको कामबाट प्रभावित भएर फिल्म ‘मेयर’ बनाउन लागेको बताएका थिए। गतवर्षको स्थानीय तहको चुनावमा मेयर थापा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित: ४ पुष २०८० १५:४० | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast